शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुकुममा बालकको शव फेला

मङ्गलबार, ०४ असोज २०७९, ०७ : ०५
मङ्गलबार, ०४ असोज २०७९

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत अवस्थामा  फेला  परेको  छ ।   

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय  विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो  । विजयकी आमा मकै बारीमा गएका बेला शव देखेकी थिइन्

प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव  बायाँ  खुट्टा  छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ ।  स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप