मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान

मङ्गलबार, ०४ असोज २०७९, ०६ : ०१
मङ्गलबार, ०४ असोज २०७९

सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि डेंगीका बिरामीको मृत्यु भएको पाइएको चिकित्सकहरूले बताएका छन्।

डेंगी संक्रमणलाई सामान्य ठानेर लापरबाही गरे बिरामीको ज्यान जान सक्ने चिकित्सकहरूको भनाइ छ । डेंगीको आशंका हुनेबित्तिकै चिकित्सक निगरानीमा बस्न उनीहरू सुझाउँछन्। वीर अस्पतालमा बुधबार मृत्यु भएकी ४० वर्षीया महिलामा कुनै जटिल दीर्घरोग थिएन ।

तर ढिलो उपचारमा पुगेकाले उनको मृत्यु भएको वीर अस्पतालकी निमित्त निर्देशक डा.अनुपमा कार्कीले बताइन् । 'समयमै उपचार पाए डेंगीबाट जटिल दीर्घरोग नभएका व्यक्तिको मृत्यु हुने स्थिति रहँदैन,' उनले भनिन्। यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप