जसपाका नेताहरु अझै आयोगमै, प्रतिनिधिसभातर्फ समानुपातिकमा सुशीला श्रेष्ठको नाम एक नम्बरमा
सोमबार, ०३ असोज २०७९, २३ : ०९
जनता समाजवादी पार्टी नेपालका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनका लागि अझै निर्वाचन आयोगमै छन् । स्रोतका अनुसार उक्त पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवारमा सुशीला श्रेष्ठ, प्रकाश अधिकारी, रणध्वज लिम्बु लगायतको नाम प्राथमिकतामा राखेको छ ।
त्यस्तै प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारमा मनिष सुमनलगायतका नाम प्राथमिकतामा राखिएको छ । प्रदेशसभामा २२० जनाको नाम बुझाइएको छ, त्यसमध्ये ४३ जना मधेश प्रदेशबाट नै राखिएको स्रोतले जनाएको छ । सुशीला श्रेष्ठ जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईकी श्रीमती हुन् । प्रकाश अधिकारी जसपा पार्टी केन्द्रीय कार्यालयका प्रमुख सचिव हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से १५.८३ अंकले बढ्यो
-
मोरङका ग्रामथान गाउँपालिका अध्यक्ष पदका यी हुन् १६ उम्मेदवार (नमुना मतपत्रसहित)
-
सिराहाको कर्जन्हा नगरपालिका तत्कालीन मेयरसहित ५ जना भ्रष्टाचारमा दोषी ठहर
-
विपन्नलाई ठण्डीबाट बचाउन पूर्वतयारी गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
-
पाकिस्तानमा प्रहरी र इमरान खानका समर्थकबिच झडप
-
सिड्नीमा सत्य–स्वरूपको सांगीतिक साँझ हुने