मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाका नेताहरु अझै आयोगमै, प्रतिनिधिसभातर्फ समानुपातिकमा सुशीला श्रेष्ठको नाम एक नम्बरमा

सोमबार, ०३ असोज २०७९, २३ : ०९
सोमबार, ०३ असोज २०७९

जनता समाजवादी पार्टी नेपालका नेताहरु प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनका लागि अझै निर्वाचन आयोगमै छन् । स्रोतका अनुसार उक्त पार्टीले प्रतिनिधिसभातर्फ समानुपातिक उम्मेदवारमा सुशीला श्रेष्ठ, प्रकाश अधिकारी, रणध्वज लिम्बु लगायतको नाम प्राथमिकतामा राखेको छ ।

त्यस्तै प्रदेश सभातर्फ समानुपातिक उम्मेदवारमा मनिष सुमनलगायतका नाम प्राथमिकतामा राखिएको छ । प्रदेशसभामा २२० जनाको नाम बुझाइएको छ, त्यसमध्ये ४३ जना मधेश प्रदेशबाट नै राखिएको स्रोतले जनाएको छ । सुशीला श्रेष्ठ जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईकी श्रीमती हुन् । प्रकाश अधिकारी जसपा पार्टी केन्द्रीय कार्यालयका प्रमुख सचिव हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप