बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राति पनि आयोगमा उम्मेदवारहरूको बन्दसूची दर्ता जारी, हालसम्म कति भयो दर्ता ?

सोमबार, ०३ असोज २०७९, २३ : ४८
सोमबार, ०३ असोज २०७९

निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दर्ताको काम सोमबार अबेरसम्म जारी गरेको छ । असोज २ गतेदेखि दर्ताको काम सुरु भएपनि पहिलो दिन थोरै दलले मात्र दर्ता गरेका थिए । दोश्रो दिन अधिकांश दलहरु बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका छन् ।  आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले मंगलबार बिहानसम्ममा सबै दलहरूको बन्दसूची दर्ताको काम सकिने अनुमान रहेको बताए । 

उनले भने– ‘आयोगमा समानुपातिक तर्फका दलको बन्दसूची दर्ताको क्रम चलिरहेको र रातभरीमा सकिने अनुमान छ । आयोगमा दर्ताका लागि ५ बजेसम्म आइपुगेका दलहरु कागजपत्र तयार पार्दै बन्दसूची बुझाइरहनुभएको छ ।’

रातिसम्म प्रतिनिधिसभा तर्फ २७ राजनीतिक दलले बन्दसूची बुझाएका छन् । यता प्रदेशतर्फ प्रदेश नम्बर १ मा १६ दल, मधेश प्रदेशमा पनि १६ दल, बागमती प्रदेशमा २० दल, गण्डकी प्रदेशमा ११ दल, लुम्बिनी प्रदेशमा ११ दल, कर्णाली प्रदेशमा १० दल र सुदूरपश्चिम प्रदेशमा १३ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् ।

आगामी मंसिर ४ गते मतदान हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दर्ता भएका ७६ दलमध्ये ६८ दलले  समानुपातिक निर्वाचनमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप