शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

गोठाटार घटना : चालकले भने-साइड छाड्न भनेपछि गोली हान्यो

सोमबार, ०३ असोज २०७९, २३ : २७
सोमबार, ०३ असोज २०७९

गोठाटार घटनाका बारेमा चालक बोलेका छन् । सोमबार कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको मृत्यु भएको छ ।

 गाडी चालक रामप्रसाद गौतमले केही दिनअघिदेखि नै मोहम्मदले असुरक्षा महसुश गरेको दाबी गरेका छन् । कोबाट असुरक्षा भएको भनेर केही नखुलाएपछि मोहम्मदले प्रहरीमा भने जानकारी गराएको उनको भनाइ छ । ‘मेरो ज्यानको खतरा भयो उहाँले बौद्ध प्रहरीलाई जानकारी गराउनुभएको थियो’, उनले भने ।

काभ्रे घर भएका चालकले आक्रमणकारीले एकाएक गोली प्रहार गरेको बताए । गाडी अगाडि रोकिएका नचिनेका व्यक्तिहरुलाई साइड छाड्न भन्दा नमानेको र मोहम्मद गाडीबाट झर्ने बेलामा एकाएक गोली चलाएको उनको भनाइ छ ।  उनले भने, ‘प्लाष्टिक लिन जोरपाटी गएका थियौँ । घर नजिक आएपछि एकाएक साइडमा मोटरसाइकल रोकियो । साइड छाडिदिन भन्दा बोलेनन् । गाडीबाट झरेपछि मालिकलाई गोली हान्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप