नेपाल भाषाको फिल्म ‘इन्दिरा धिमे मैंचा’ को शुभ मुहूर्त

person explore access_timeअसोज ३, २०७९ chat_bubble_outline0

नेपाल भाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ । 


बिके फिल्मस्को ब्यानर निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र शाक्य निर्माता हुन् । असोज १० गते बाट फिल्म छायांकनमा जाने निर्माण टीम जानकारी गराएका छ । फिल्मको सह-निर्माताका रुपमा प्रकाश दिप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रबिन भाम रहेका छन् । 



नेपाल भाषाका ख्यातिप्राप्त एवम् लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको फिल्ममा इन्दिरा लाछिमस्युको समेत अभिनय रहने छ । फिल्मको मुख्य भूमिकामा गणेश राम लाक्षी, आशा काजि थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देब चन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने छ ।  कार्यक्रमका प्रमुख अतिथि भत्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति फिल्मलाई सफलताको शुभकामना दिए । 



फिल्ममा संगीतकार निल शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहनेछ भने जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ । फिल्ममा गायक जुजुकाजि रंजित र बानिका प्रधानको गायन रहेको छ । सोहन मानन्धरको छायांकन रहने फिल्मको मुख्य सहायक निर्देशक  भोगेन्द्र मानन्धर र कार्यक्रम ब्यबस्थापक सिताराम माकः रहेका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।