संगीतकार सुनामको पशुपति आर्यघाटमा अन्त्येष्टि
सोमबार निधन भएका संगीतकार शुभ बहादुर सुनामको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । आर्यघाटमा हिन्दु संस्कार अनुसार उनको अन्तिम संस्कार गरिएको हो ।
अन्त्येष्टि अगाडि पशुपतिमै उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई अन्तिम श्रद्धाञ्जली दिन गीतसंगीत क्षेत्रका थुप्रै व्यक्तित्वको उपस्थिति रहेको थियो । सुनामको बिहान साढे ४ बजे निधन भएको हो । काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका उनी ७४ वर्षका थिए । उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए ।
५५ वर्षदेखि नेपाली संगीतमा सक्रिय उनको स्याक्सोफोनमा विशेष दक्खल थियो । उनले अघिल्लो पुस्ताका नारायणगोपाल, तारादेवी, प्रेमध्वाज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायकगायिकासँग काम गरेका थिए । नेपाली सेनामा पनि लामो समय काम गरेका सुनाम नेपाली सेनामा सहायक रथीसम्म पुगेर जनताको सेवा गरेका थिए ।
सफल संगीतकार, रचनाकार र एरेन्जरका रूपमा पनि उनी परिचित थिए । उनको संगीतमा मीरा राणाले गाएको गीत ‘फूलै फूलको मौसम तिमीलाई’ र दीप श्रेष्ठले गाएको ‘हुँ यात्री एउटा’ गीत सदाबहार मानिन्छन् । नारायणगोपालको स्वर रहेको ‘तिमीले भनेका सारा देव छोएर’ उनको कालजयी संगीत हो । गजल गायक गुलाम अलीद्वारा गाइएका केही नेपाली गीतमा पनि उनको संगीत सुन्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने