एकीकृत समाजवादी र जसपाले समानुपातिकतर्फको बन्दसूची बुझाए
नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
सोमबार अपरान्ह निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको उम्मेदवारहरुको नामावली बुझाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनले संविधान र कानुनको परिधिभित्र रहेर आफ्नो पार्टीले प्रदेशसभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाएको बताए ।
यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ । तर प्रदेशसभाको सबै सिटमा भने उम्मेदवारी नदिइएको नेता केशव झाले बताए ।
निर्वाचन आयोगले भने दलहरुलाई नामावली सच्याउनका लागि असोज १६ गतेसम्मको समय दिइएको र २२ गते त्यसको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण