बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एकीकृत समाजवादी  र जसपाले समानुपातिकतर्फको बन्दसूची बुझाए

सोमबार, ०३ असोज २०७९, ०९ : ००
सोमबार, ०३ असोज २०७९

नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । 

सोमबार अपरान्ह निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको उम्मेदवारहरुको नामावली बुझाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनले संविधान र कानुनको परिधिभित्र रहेर आफ्नो पार्टीले प्रदेशसभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाएको बताए । 

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ । तर प्रदेशसभाको सबै सिटमा भने उम्मेदवारी नदिइएको नेता केशव झाले बताए । 

निर्वाचन आयोगले भने दलहरुलाई नामावली सच्याउनका लागि असोज १६ गतेसम्मको समय दिइएको र २२ गते त्यसको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप