बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँ क्षेत्र नम्बर १ पौडेलका लागि छाड्छु : श्रेष्ठ

सोमबार, ०३ असोज २०७९, १८ : १६
सोमबार, ०३ असोज २०७९

नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित सांसदसमेत रहेका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताएका हुन् ।  

सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनमा भागबण्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफूले छोड्न परेको बताए । नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिएपनि निर्वाचन जित्ने आँट र साहस लिएर अगाडी बढेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप