शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

पहिलो हाफमा नेपालमाथि बंगलादेशको २-० को अग्रता

सोमबार, ०३ असोज २०७९, १७ : ४६
सोमबार, ०३ असोज २०७९

साफ महिला च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपालमाथि बंगलादेशले २-० अग्रता बनाएको छ ।  दशरथ रंगशालामा भइरहेको खेलको शुष्मा नायरले खेलको १३ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी हुन् । 
खेलको ४१ औं मिनेटमा श्रीमती कृष्ण नारायणी सरकारले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाइन् । 

आजको खेलमा जित निकाल्दै नेपाल पहिलो पटक च्याम्पियन बन्ने योजनामा छ । यता बंगलादेश पनि पहिलो उपाधिको पर्खाइमा छ । नेपाल र बंगलादेश साफमा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप