सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

डडेल्धुरामा कार दुर्घटना, चार जना घाइते

सोमबार, ०३ असोज २०७९, १७ : ३४
सोमबार, ०३ असोज २०७९

धनगढीबाट हिँडेको कार डडेल्धुरामा दुर्घटना हुँदा चार जना घाइते भएका छन् । सोमबार धनगढीबाट दिपायलतर्फ गइरहेको कार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ स्थित गजरौलामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार केआईसिंह राजमार्ग अन्तरगत सुपप्र ००१ च ३३६८ नम्बरको कार दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका हुन् । दुर्घटनामा कञ्चनपुरको महेन्द्रनगरका कृष्ण ऐर (चालक)सहित दिपायलका अमन सूचीकार, गोपाल सूचीकार र सन्तोश नेपाली घाइते भएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टले बताए ।

घटनास्थलबाट उद्दार गरेर उपचारका लागि उनीहरूलाई डडेल्धुरा अस्पताल लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप