बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दसूची बोकेर एमाले पुग्यो निर्वाचन आयोग

सोमबार, ०३ असोज २०७९, १७ : २७
सोमबार, ०३ असोज २०७९

प्रतिनिधिसभा र प्रदेशसभातर्फको बन्द सूची बोकेर एमाले नेताहरु निर्वाचन आयोग पुगेका छन् । एमालेका तर्फबाट समानुपातिक तर्फको बन्द सूची बुझाउन एमाले निर्वाचन आयोग विभागका उपप्रमुख नीरज आचार्यसहितको टोली आयोग पुगेको हो । 

निर्वाचन आयोगले आइतबार र सोमबार दुईदिन प्रतिनिधिसभा र प्रदेश सभा तर्फको बन्द सूची बुझाउन समय तोकेको थियो ।  पहिलो दिन सूची बुझाउन थोरैमात्र दलहरु पुगे पनि दोस्रो दिन प्रमुख राजनीतिक पार्टीसहित अधिकांश पार्टीका नेताहरु सूची बुझाउन आयोग पुगेका हुन् । 

सोमबार एमालेसहित कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा लगायत दलका प्रतिनिधि आयोग पुगेर आयोगको नियमअनुसार धरौटी रकम जम्मा गर्ने र सूची बुझाउने गरेका छन् ।

बन्दसूची बुझाएपनि आचार्यले एमालेले बनाएको मापदण्ड अनुसार समानुपातिकको बन्दसूची  पेश गरेको जानकारी दिए । ‘समानुपातिक सूचीमा पुराना कोही नेता पनि पर्नुभएको छैन । सबै नयाँ रहनुभएको छ । एमालेले यसअघि जितेका सिट कायम मात्रै राख्ने होइन बढाउँछ’, आचार्यले भने, ‘एमालेले कसैसँग गठबन्धन पनि गर्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप