सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

माओवादी प्रवक्ता महरा समानुपातिक सूचीमा

सोमबार, ०३ असोज २०७९, १७ : ०३
सोमबार, ०३ असोज २०७९

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा समेटिएका छन् । खस आर्य समुदायबाट महरा एक नम्बर समानुपातिकमा सूचीमा समेटिएको एक नेताले बताए । माओवादीले सोमबार निर्वाचन आयोगलाई सूची बुझाउने क्रममा महराको नाम समेत समानुपातिक सूचीमा राखेर पठाएको हो ।  तर, प्रवक्ता महराले आफ्नो समानुपातिक सूचीमा जाने इच्छा भएको प्रतिक्रिया दिए ।

‘मैले समानुपातिक सूचीमा जाने इच्छा देखाएको साँचो हो । पार्टीका नेताहरुले समेत सहमति जनाउनुभएको छ’ रातोपाटीसँग कुरा गर्दै महराले भने, ‘आयोगमा सूची बुझाउँदा मेरो नाम समानुपातिक नाम राखिएको कि राखिएन थाहा भएन ।’ महरा दाङ क्षेत्र नम्बर २ बाट र एकबाट सिफारिस भएका थिए । तर, उनी दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले छोडेका छन् ।

महासचिव पोखरेलसँग गठबन्धन हुँदा समेत प्रतिस्पर्धा गाह्रो हुने देखेपछि महरा समानुपातिकतिर गएका हुन् । महरा २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट चुनाव जितेका थिए । दोस्रो जनआन्दोलनपछि अन्तरिम विधायक, २०६४ साल, २०७० साल र २०७४ सालमा प्रत्यक्ष निर्वाचित भएका थिए । उनी उपप्रधानमन्त्री सहित ५ पटक मन्त्री भइसकेका छन् ।

साउनमै महरा आफ्नो निर्वाचन क्षेत्र हेरेर फर्किएका थिए 

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा गत साउन १९ गते हप्तादिन आफ्नो निर्वाचन क्षेत्र हेरेर फर्किएका थिए ।  मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा चुनावको समिति घोषणा नहुँदै महरा हप्ता दिन दाङ क्षेत्र नम्बर २ अवलोकन गरेर फर्किएका हुन् ।

त्यतिबेला महरा आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई भेटेर चुनावी आकलन वारे अध्ययन गरेर फर्किएका थिए । एमाले महासचिव शंकर पोखरेलसँग कडा प्रतिस्पर्धा हुने देखेपछि महरा सुलुक्क समानुपातिकतिर लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप