बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विराटनगरबाट एक व्यापारी पक्राउ, नगर प्रहरी र व्यापारीबीच धकेलाधकेल

सोमबार, ०३ असोज २०७९, १७ : ००
सोमबार, ०३ असोज २०७९

विराटनगर महानगरपालिकाको वडा नम्बर ९ स्थित हनुमान मन्दिर उत्तरको मेनरोडबाट नगर प्रहरीले कपडा व्यापारी गोकुल आचार्यलाई पक्राउ गरेको छ । नगर प्रहरीले फुटपाथमाथि झुण्ड्याएको आचार्यको पसलको कपडा प्रहरीको गाडीमा हाल्न थालेपछि विवाद भएको थियो । विवाद बढ्दै जाँदा नगरप्रहरी र व्यापारीबीच भनाभन भएको थियो । 

सोही क्रममा प्रहरीले बल प्रयोग गरी आचार्यलाई नियन्त्रणमा लिएर गाडीमा जबर्जस्ती हालेको हो । स्थानीय व्यापारी बण्ठी गुप्ताले चाडबाडको बेला नगर प्रहरीले दुःख दिइरहेको बताए । ‘हामीले कपडा माथि झुन्ड्याएका थियौं । फुटपाथ माथिको सामान हटाएका पनि छौं,’ गुप्ताले भने, ‘तर, नगर प्रहरीले नम्बरी जग्गामा बनेको घरको छतमा झुण्ड्याएको कपडा पनि हटाउ भन्छ, पटकपटक गनगन गरिरहेको छ । अरुबेला आएको छैन यो दशैं, चाडपर्व भएपछि मात्रै आउने हो ।’
उनले नगरपालिकाको कुनै सिस्टम नै नभएको बताए । ‘चाडपर्वको बेला छ, यो बेलामा जबर्जस्ती गर्नु त हुँदैन नि,’ उनले भने, ‘कपडा उतार्दै गाडीमा राख्न थालेपछि विवाद बढ्यो ।’ अर्का व्यापारी अर्जुन साहले फुटपाथ बाहेकका स्थानमा राखेको कपडा पनि प्रहरीले उठाउँदै हिंड्न थालेपछि आफूहरुले विरोध गरेको बताए । ‘लिगल ठाउँमा राखेको कपडाहरू निकाल्दै गाडीमा हालेपछि हामीले विरोध गरेका हौं । अतिचार भएको छ । धकेलाधकेल भयो । हानाहान पनि भयो,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप