आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

डोटीमा गठबन्धन नगर्ने भए कुनै पनि जिल्लामा गर्नु हुँदैन : प्रेम आले

सोमबार, ०३ असोज २०७९, १६ : ५८
सोमबार, ०३ असोज २०७९

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्न नहुने बताए । उनले गठबन्धन गर्ने भएपनि ७७ वटै जिल्लामा हुनुपर्ने बताए । नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरूले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली कांग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताए । गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्नु नहुने उनको भनाई छ ।

उनले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको बताए । उनले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताए । नेता आलेले मगर एक्लैएक्लै हरेक जातिसँग प्रतिष्पर्धा गर्नसक्ने जाति भएको बताए । उनले आगामी निर्वाचनमा पार्टीलाई ठूलो पार्टी बनाउने गरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप