बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

कार्यदलले तयार गरेकै समानुपातिक सूची बुझायो माओवादीले

सोमबार, ०३ असोज २०७९, १६ : ५८
सोमबार, ०३ असोज २०७९

नेकपा माओवादी केन्द्रले महासचिव देवप्रसाद गुरुङको संयोजकत्वमा तयार गरेको सूची निर्वाचन आयोगमा बुझाएको छ । आयोगको समय सीमाभित्र माओवादीले कार्यदलले तयार गरेको सूची बुझाए पनि पछि सच्याउने एक पदाधिकारीले बताए ।

‘समानुपातिक सूचीमा धेरै नाम सिफारिस भएर आयो । कसलाई राख्ने कसलाई नराख्ने समस्या भयो । हामीले प्राप्त छलफल गर्न भ्याएनौ । कार्यदलले तयार गरेकै सूची आयोगमा बुझाएका छौ’ ती पदाधिकारीले भने, ‘अब आयोगको निर्धारित असोज १६ गतेभित्र अरु नाम हेरफेर गर्छौ । अहिले राखिएको नामपनि तलमाथि पर्न सक्छ ।’ पार्टी उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा समेटिएको उनी निकट एक नेताले बताए ।

‘महरा सर एक नम्बर समानुपातिकमा राख्न मिल्ने भएमा प्रत्यक्ष लड्दिन भन्नुभएको थियो । उहाँ समानुपातिक बस्ने जोड छ पछि उहाँ बस्नु भयो कि भएन थाहा छैन’ ती नेताले भने, ‘महरा सरको जोड प्रत्यक्ष भन्दा समानुपातिकमै छ । सायद बस्न सक्नुहुन्छ ।’ दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेल चुनाव लड्न लागेकाले महरा पराजित हुने त्रासका कारण समानुपातिक बसेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप