सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

माओवादी र जसपाका नेता समानुपातिक सूची बोकेर पुगे आयोग

सोमबार, ०३ असोज २०७९, १६ : ५२
सोमबार, ०३ असोज २०७९

नेकपा माओवादी, जनता समाजवादी लोसपा लगायत पार्टीका नेताहरु समानुपातिक सूची बुझाउन निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्रबाट महासचिव देव गुरुङ, नेता गिरिराजमणि पोखरेल, वर्षमान पुनलगायतका नेता बन्द सुची बुझाउन आयोग पुगेका हुन् ।  त्यस्तै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव आफै बन्द सुची बोकेर आयोग पुगेका छन् । 

लोसपाको सातै प्रदेशमा उम्मेदवारी 
कांग्रेस पुगेलगत्तै लोसपा पनि बन्द सूची बुझाउन आयोग पुगेको छ । लोसपाले प्रतिनिधिसभामा पुरै ११० र मधेस प्रदेशमा पुरै लिष्ट बुझाए पनि अन्य प्रदेशमा केही कम सूची बुझाउने आयोग पुगेका लोसपा नेता केशव झाले जानकारी दिए । उनले चुनावी गठबन्धनबारे सुची बुझाए पनि छलफल गर्ने र शीर्ष नेता प्रत्यक्ष चुनाव लड्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप