शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

टिभिएस एनटर्क १२५ रेस एक्स्पी नेपालमा

सोमबार, ०३ असोज २०७९, १६ : ४८
सोमबार, ०३ असोज २०७९

टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्स्पी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ ।

यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै कम्पनीले छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ। यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको कम्पनीले जनाएको छ । १२५ सिसि सेग्मेन्टमा १० पीएस भन्दा धेरै पावर हुने यो नेपालकै  एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यस लाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ ।

यस अवसरमा टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने,“नेपाल सधैं हाम्रो लागि प्रमुख बजार भएको छ र यसले ग्राहकहरूका लागि हाम्रा प्रस्तावहरू ल्याउनपाउँदा मलाई अत्यन्तै खुशी लागेको छ।’ यसैगरी जगदम्बा मोटर्सका म्यÞानेजिङ डाईरेक्टर साहिल अग्रवालले यो स्कुटर नेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप