शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समाजिक अभियन्ता सरोज राय प्रवल जनसेवाश्री पदकबाट विभूषित

सोमबार, ०३ असोज २०७९, १६ : ४७
सोमबार, ०३ असोज २०७९

तराई मधेशमा ‘बजरंगी भाइजान’ को नामबाट परिचित सामाजिक अभियन्ता सरोज राय ‘प्रवल जनसेवा श्री’ पदकबाट विभूषित हुने भएका छन् । संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार, र पदक पाउने सूचीमा अभियन्ता रायको पनि परेका हुन् ।  

विगत लामो समयदेखि समाजिक कार्यमा सक्रिय रहेका सरोज रायले विभिन्न देशमा अलपत्र परेका वैदेशिक रोजगारमा गएकाहरुलाई रेस्क्यू गर्नेदेखि हराएका बालबालिका पनि खोजेर ल्याई दिने काम गर्दै आएका छन् ।

साउदी, बंगलादेश, दुवइ, भारतलगायत विभिन्न देशबाट अप्ठेरोमा परेकालाई उधार गर्नुको साथै देशमै हुने विभिन्न विपत्तिमा परेकालाई उद्धारको गर्नुको साथै पीडितलाई राहत समेत प्रदान गर्दै आएका छन् । उनले आगामी चुनावमा सर्लाही–३ (ख) बाट स्वतन्त्र उम्मेदवार तयारी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप