मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

समुद्रभित्र भेटियो विशाल जंगल, अमेजनको भन्दा ठूलो क्षेत्रफल

सोमबार, ०३ असोज २०७९, १५ : ५५
सोमबार, ०३ असोज २०७९

अमेजन, बोर्नियो, कंगो, डेनट्री । यी विश्वका सबैभन्दा ठूला र चर्चित जंगल मध्ये एक हुन् । तपाईंले कहिल्यै समुद्र भित्र कुनै जंगलबारे सुन्नुभएको छ ? विश्वका थुप्रै स्थानमा समुद्रभित्र जंगल छन्, जसको हालै नक्सा बनाइएको छ । यी सबै जंगलको आकार हेर्ने हो भने यो भारतको क्षेत्रफलभन्दा दोब्बर हुनेछ ।

ठूल्ठूला जंगल पनि छन् । रुसदेखि क्यानडासम्म फैलिएको बोरियल जंगल । र तपाईंलाई पानीभित्र भएका कति जंगल बारे थाहा छ ? समुद्रभित्र ठूल्ठूला केल्प र समुद्री वीडका जंगल छन् । त्यो पनि पहिला सोचेभन्दा थुप्रै गुणा ठूला र घना । यसभित्र ठूलो परिमाणमा विभिन्न प्रकारका समुद्री जीव–जन्तुका प्रजाति पनि बस्छन् ।

दक्षिण अफ्रिकाको तट मुनी ग्रेट अफ्रिकन सिफरेस्ट र अष्ट्रेलिया नजिकै ग्रेट साउदर्न रिफ अवस्थित छन् । विश्वभरिका समुद्रमा थाहा छैन यस्ता कति जंगल छन् जसको न त कुनै नाम छ न कसैलाई यसबारे केही थाहा छ । एक नयाँ अनुसन्धानमा विश्वभरी कति जंगल छन् भन्ने खुलासा भएको छ । यसको नक्सा पनि बनाइएको छ जुन तपाईंले यहाँ देख्न पनि सक्नुहुनेछ । यो शोध ग्लोबल इकोलोजी एन्ड बायोजियोग्राफी जर्नलमा प्रकाशित भएको छ ।

जमिनको झैँ समुद्रको जंगल पनि नराम्रोसँग जलिरहेका छन्

यो अनुसन्धानमा के पनि बताइएको छ भने उच्च तापक्रमका कारण जमिनका जंगल मात्रै नभई समुद्र भित्रका जंगल पनि जलिरहेका छन् । यदि तपाईंले पानीभित्र पनि केही कुरा कसरी जल्छ भनेर सोचिरहनुभएको छ भने समुद्रमा बढ्दो तापक्रमका कारण यी जंगलको इकोलोजी खराब भइरहेका छन् । जलवायु परिवर्तनका कारण ती विकसित हुने र कार्बन सोस्ने क्षमता कम हुँदै गइरहेको छ ।

के हुन् समुद्री जंगल, कस्ता खालका बोट–बिरुवा हुन्छन् ?

समुद्री जंगल साधारणतया सी विडले बनेका हुन्छन् । यो एक प्रकारको लेऊ हो ।  यो सूर्यको ऊर्जा र कार्बन डाइअक्साइडमार्फत् फोटोसिन्थेसिस गरेर विकसित हुन्छ । राम्रो सी विड हो भने त यो दसौँ मिटर उचाईसम्म फैलन सक्छ । यो जंगल ठूलो इलाकामा फैलिएको हुन्छ । पानीको लहरसँगै यी जंगल बिस्तारै हिँड्दै–डुल्दै गर्छन् । जमिनमा जसरी जंगलमा विभिन्न खालका जनावर बस्छन्, त्यसै गरी समुद्री जंगलमा विभिन्न प्रजाति बस्छन् ।

समुद्री बाँस पनि हुन्छन्, जुन जमिनमा पाइने बाँसजस्तै लामा हुन्छन्

यी समुद्री जंगलमा समुद्री बाँस र समुद्री घाँस पनि पाइन्छन् । समुद्री बाँस जमिनमा पाउने बाँसजस्तै लामा हुन्छन् । जबकी समुद्री घाँस ग्यासले भरिएको आकृति हुन्छन् जुन बेलुन जस्तै हुन्छन् । यी जंगलमा फैलिएर ग्यास, अक्सिजन र कार्बन डाइअक्साइडको सन्तुलन स्थापित गर्छन् । यी असाध्यै बलिया हुन्छन् । यसैकारण यी समुद्री लहर झेलेर सूर्यको किरणतर्फ बढ्न सक्छन् । अष्ट्रेलियाको ग्रेट साउदर्न रिफमा गोल्डेन केल्प व्यापक फैलिएका छन् ।

कति ठूलो छ जंगल र कति तीब्र गतिमा फैलिन्छ

सी विड्स तीब्र गतिमा फैलने र बढ्ने बिरुवा हो । तर अहिलेसम्म यो कति इलाकामा फैलिएको छ भनेर पत्ता लगाउन सकिएको छैन । जमिनमा जंगलको नाप–तौल सेटलाइट्समार्फत् हुन्छ । तर पानीभित्र यो मुश्किल छ । किनभने धेरैजसो सेटलाइट्स समुद्र भित्रको म्यापिङ गर्न सक्दैनन् । त्यसैले यो अनुसन्धानमा वैज्ञानिकले विश्वभरीका समुद्री जंगल, सी विड्स आदिको डाटा अनुसन्धान गरे । रिसर्च पेपर पढे । दस्तावेज हेरे । देशका स्थानीय डाटा अनुसन्धान गरे । त्यसपछि विश्वभरी ६० देखि ७२ लाख वर्ग किलोमिटर समुद्री जंगल छन् भन्ने तथ्य पत्ता लाग्यो । यो अमेजनभन्दा पनि ठूलो हो ।

समुद्री जंगलको काम के हो ?

धर्तीमा पैदा हुने २४०० गिगाटन ग्रीनहाउस ग्यासबाट निस्कने सबै गर्मी हाम्रो समुद्रले सोस्छन् । यस्तोमा समुद्री जंगलले ठूलो समस्याको सामना गर्नुपरिरहेको छ । यी सबै समुद्री जंगल नष्ट भइरहेका छन् । सबैभन्दा खराब स्थिति पश्चिमी अष्ट्रेलिया, पूर्वी क्यानडा र क्यालिफोर्नियाको समुद्री जंगलको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप