शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा टिकटक र पब्जीमाथि प्रतिबन्ध

सोमबार, ०३ असोज २०७९, १५ : ५०
सोमबार, ०३ असोज २०७९

तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ । तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन् । 

सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र ९० दिनपछि प्रतिबन्ध लगाइने भएको खामा प्रेसले जनाएको छ । अफगानिस्तानको दूरसञ्चार र इन्टरनेट सेवा प्रदायकहरुले प्रतिबन्धसम्बन्धि सूचना सेयर गरेका छन् र तोकिएको समयमा निर्देशिका पालना गर्न पनि भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप