‘आधा गिलास भरी र आधा गिलास खाली’ आज पुष्टि भयो : बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुरुमै संविधानलाई ‘आधा गिलास भरी र आधा गिलास खाली’ भनेको आज आएर पुष्टि भएको बताएका छन् । आठौँ संविधान दिवसका अवसरमा सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्, ‘हामीले शुरुमै यो संविधानलाई ‘आधा गिलास भरी र आधा गिलास खाली’ भनेको कुरा आज आएर अरु प्रष्ट भएको छ ।’
अध्यक्ष भट्टराईले संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरेपनि संघीयता, शासकीय स्वरूप र निर्वाचन प्रणाली तर्फ संविधान अधुरो रहेको बताएका छन् ।
‘यस संविधानले मधेसी, थारु जनजातिको माग र भावनालाई सम्बोधन गर्न चुक्यो । महिलाहरू प्रतिको विभेद कायमै रह्यो’, भटराईले भनेका छन् । भट्टराईले विद्यमान संविधानले सम्बोधन गर्न नसकेको पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्सहितको शासकीय स्वरूप जस्ता महत्त्वपूर्ण कुराहरूलाई संविधान संशोधन मार्फत पूर्णता दिनै पर्ने भन्दै संविधानका सकारात्मक उपलब्धिहरूको रक्षा गर्दै प्रयोगकर्ताहरूलाई पूर्णता दिन संविधान संशोधन गर्न र लोकतन्त्रलाई निरन्तर विकसित गर्दै लैजान सबै लोकतान्त्रिक शक्तिहरू र आम जनसमुदायमा अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण