शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘आधा गिलास भरी र आधा गिलास खाली’ आज पुष्टि भयो : बाबुराम भट्टराई

सोमबार, ०३ असोज २०७९, १९ : ००
सोमबार, ०३ असोज २०७९

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सुरुमै संविधानलाई  ‘आधा गिलास भरी र आधा गिलास खाली’ भनेको आज आएर पुष्टि भएको बताएका छन् । आठौँ संविधान दिवसका अवसरमा सोमबार एक प्रेस वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्, ‘हामीले शुरुमै यो संविधानलाई ‘आधा गिलास भरी र आधा गिलास खाली’ भनेको कुरा आज आएर अरु प्रष्ट भएको छ ।’ 

अध्यक्ष भट्टराईले संविधानले मुलुकमा लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समानुपातिक, समावेशी, मौलिक हक, पहिचान र अधिकारको क्षेत्रमा महत्त्वपूर्ण प्रगति गरेपनि संघीयता, शासकीय स्वरूप र निर्वाचन प्रणाली तर्फ संविधान अधुरो रहेको बताएका छन् । 

‘यस संविधानले मधेसी, थारु जनजातिको माग र भावनालाई सम्बोधन गर्न चुक्यो । महिलाहरू प्रतिको विभेद कायमै रह्यो’, भटराईले भनेका छन् । भट्टराईले विद्यमान संविधानले सम्बोधन गर्न नसकेको पहिचानसहितको संघीयता, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्सहितको शासकीय स्वरूप जस्ता महत्त्वपूर्ण कुराहरूलाई संविधान संशोधन मार्फत पूर्णता दिनै पर्ने भन्दै संविधानका सकारात्मक उपलब्धिहरूको रक्षा गर्दै प्रयोगकर्ताहरूलाई पूर्णता दिन संविधान संशोधन गर्न र लोकतन्त्रलाई निरन्तर विकसित गर्दै लैजान सबै लोकतान्त्रिक शक्तिहरू र आम जनसमुदायमा अपिल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप