‘महापुरुष’ बाट अभिनयमा डेब्यु गर्दै अन्जना
मोडल अन्जना बराइली फिल्ममा अभिनयमा डेब्यु गर्ने भएकी छन् । उनले हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’ मार्फत डेब्यु गर्न लागेकी हुन् । फिल्ममा लागि उनी अडिसन मार्फत छनौट भएकी हुन् ।
फिल्ममा उनी कलाकार मदनकृष्ण श्रेष्ठको छोरीको भूमिकामा देखिनेछिन् । उनले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको फिल्ममा कार्यकारी निर्माता रहेका रबिन्द्र सिंह बानियाँले बताए । राम्रो फिल्मको खोजीमा रहेकी अन्जनाले ‘महापुरुष’ टिमसँग जोडिएर आउन पाउँदा खुसी लागेको बताइन् । ‘केहि फिल्ममा अडिसन दिएकी थिएँ । एक फिल्ममा सेल्केट भएर केहि समय प्रतीक्षा पनि गरें । तर त्यो फिल्म बनेन् । पछि यसमा अडिसन दिएँ’ उनले भनिन् ।
‘महापुरुष’ आउँदो कार्तिक ११ अर्थात् भाइटिकाको भोलिपल्ट प्रदर्शन हुँदैछ । सामाजिक विषयवस्तुमा आधारित फिल्ममा मदनकृष्ण र हरिवंशसँगै गौरी मल्ल, अरुण क्षेत्री, अन्जना बराइली, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेल लगायतको अभिनय छ ।
फिल्ममा प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन रहेको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी. गुरुङको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?
-
सुदूरपश्चिम रोयल्सका विदेशी खेलाडी कुगेलेइन र जेब नेपालमा
-
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
-
स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा हौसिएको छ माओवादी
-
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम