शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सर्वहारीलाई ‘प्रदेश रत्न’ पदक

सोमबार, ०३ असोज २०७९, १५ : १८
सोमबार, ०३ असोज २०७९

संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रमाविशिष्ट योगदान पु¥याउने प्रदेशका व्यक्तित्वलाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । यसैक्रममा साहित्यकार डा कृष्णराज सर्वहारीलाई प्रदेश रत्न पदक (प्रथम) लेविभूषित गर्ने घोषणा गरिएको छ ।

थारू भाषा, साहित्यको उन्नयन, थारू शब्दकोश संकलन, थारू पाठ्यक्रम निर्माण एवम् थारू साहित्यको खोज अनुसन्धानमार्फत् सहयोग पुर्याएको भन्दै सर्वहारीलाई प्रदेश रत्न पदक दिइएको भनिएको छ । फुटल करम उपन्यास, दोसर घर जाइबेर मुक्तक, समयका उच्छवासहरु हाइकु, मामा भान्जा लोककथा, सुख्ली बालकथा, कमैया बस्तीमे भगन्वा लघुकथा, जोन्हु मामा बालकविता, ढोंढोंपोंपों हाँस्यव्यंग्य, भारतमे थारुन्के खोजी यात्रासंस्मरण लगायत विभिन्न विधामा सर्वहारीको थारू भाषामा पहिलो पुस्तकाकार कृति प्रकाशित भएको रेकर्ड छ । हालसम्म उनको थारू, नेपाली तथा अंग्रेजी भाषामा गरी ३२ कृति प्रकाशित छन् ।

लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ कार्यक्रममा विभूषित हुनेहरूको नामावली घोषणा गरिएको हो । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै प्रदेशका ६१ जनालाई विभूषित गर्ने निर्णय गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप