प्रमुख निर्वाचन आयुक्तको व्यङ्ग्य : भोलि पनि आजै भइरहने हो कि भन्ने भयो !
निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दिएको दुई दिनको समयसीमाको दोस्रो दिनको दुई बज्दा समेत प्रमुख ठुला राजनीतिक दलहरु आयोग पुगेका छैनन् । केही साना दलहरु भने सूची बुझाएर फर्केका छन् ।
यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रमुख दलहरु समयमै आयोगमा सूची लिएर नपुगेपछि सम्भवत भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था महशुस गरिरहेको बताएका छन् ।
‘विगतको समेत अनुभवलाई हेर्दा सम्भवत भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्थाको महशुस भइरहेको छ’, थपलियाले सञ्चारकर्मीसँग भने । उनले आयोगले आफ्नो सम्पुर्ण स्रोत साधन परिचालन गरेर कुनै कमजोरी हुन नदिने भन्दै आज बेलुकासम्म आयोग परिसरभित्र पस्ने सवै राजनीतिक दलको सूची बुझने बताए । ‘आयोग परिसरमा आएका सवै राजनीतिक दलहरूको काम नसक्दासम्म हामी जाँदैनौं । तरपनि उहाँहरु ५ बजेभित्र आइदिएर आज हुँदै सकिदिए हुन्थ्यो भन्ने छ’, थपलियाको भनाइ छ ।
उनले आज आयोगमा बुझाएका र १६ गतेसम्ममा आएका विवरणको जाँचबुझपछि असोज २२ गते आयोगले सार्वजनिक गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रीय बैंकको तथ्याङ्कले देखाएको अर्थतन्त्रको ५ चित्र
-
फिफा विश्वकप २०२६ का १० ‘कन्ट्रोभर्सी’ : रोनाल्डोदेखि डोनाल्ड ट्रम्पसम्म तानिए विवादमा
-
सर्वोच्चको झट्काले पनि चेतेन पर्यटन मन्त्रालय, नयाँ नियुक्तिमा फेरि चलखेल
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण