बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रमुख निर्वाचन आयुक्तको व्यङ्ग्य : भोलि पनि आजै भइरहने हो कि भन्ने भयो !

सोमबार, ०३ असोज २०७९, १७ : ३३
सोमबार, ०३ असोज २०७९

निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन दिएको दुई दिनको समयसीमाको दोस्रो दिनको दुई बज्दा समेत प्रमुख ठुला राजनीतिक दलहरु आयोग पुगेका छैनन् । केही साना दलहरु भने सूची बुझाएर फर्केका छन् । 

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रमुख दलहरु समयमै आयोगमा सूची लिएर नपुगेपछि सम्भवत भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था महशुस गरिरहेको बताएका छन् । 

‘विगतको समेत अनुभवलाई हेर्दा सम्भवत भोलि बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्थाको महशुस भइरहेको छ’, थपलियाले सञ्चारकर्मीसँग भने । उनले आयोगले आफ्नो सम्पुर्ण स्रोत साधन परिचालन गरेर कुनै कमजोरी हुन नदिने भन्दै आज बेलुकासम्म आयोग परिसरभित्र पस्ने सवै राजनीतिक दलको सूची बुझने बताए । ‘आयोग परिसरमा आएका सवै राजनीतिक दलहरूको काम नसक्दासम्म हामी जाँदैनौं । तरपनि उहाँहरु ५ बजेभित्र आइदिएर आज हुँदै सकिदिए हुन्थ्यो भन्ने छ’, थपलियाको भनाइ छ ।

उनले आज आयोगमा बुझाएका र १६ गतेसम्ममा आएका विवरणको जाँचबुझपछि असोज २२ गते आयोगले सार्वजनिक गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप