शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महाकाली नदीमा पक्की पुल शिलान्यास

सोमबार, ०३ असोज २०७९, १४ : २३
सोमबार, ०३ असोज २०७९

दार्चुलामा आज महाकाली नदीमा मोटरेबल पक्की पुलको शिलान्यास गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ पुलको शिलान्यास गरेका छन् । पुल शिलान्यासपछि आयोजित कार्यक्रममा मन्त्री बडूले नेपाल–भारत जोड्ने मोटरेबल पुलले विकासको ढोका खोल्ने बताए ।

भारत र चीनसँग व्यापार वृद्धिका लागि महाकालीमा पक्की पुल आवश्यक रहेको बताउँदै बडूले पुल बनेपछि बैतडी, बझाङलगायतका पहाडी जिल्लाका नागरिकलाई आवागमन सहज हुने जानकारी दिए । “व्यापारिक एवं नागरिकलाई सहज आवागमनका लागि पनि पुल आवश्यक थियो”, उनले भने, “अब यहाँका नागरिकले भारत जान गड्डाचौकी र गौरीफन्टा जानुपर्ने अवस्था रहँदैन ।”

उनले दार्चुलावासीले अब ढुवानीलगायतका समस्याबाट मुक्ति पाउने बताए । पुलले दुई देशबीच धार्मिक, सामाजिक, सम्बन्ध मजबुत हुने धारणा राखे । दार्चुलामा पहिलो पटक महाकाली नदीमा पक्की पुल बन्ने खबरले स्थानीय बासिन्दा खुसी भएका छन् । भारत सरकारको सहयोगमा बन्ने पुलको लम्बाइ एक सय १० मिटर हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप