शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा ६१ जनालाई विभिन्न पदक

सोमबार, ०३ असोज २०७९, १४ : १२
सोमबार, ०३ असोज २०७९

-भुवन कार्की
संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट योगदान पु¥याउने प्रदेशका ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने घोषणा गरेको छ । लुम्बिनी प्रदेश सरकारद्वारा सोमबार बुटवलमा आयोजित संविधान दिवस २०७९ कार्यक्रममा विभूषित हुनेहरूको नामावली घोषणा गरिएको हो ।

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई प्रदेश प्रमुख तृतीय जनसेवा पदक प्रदान गर्ने घोषणा गरिएको छ ।

त्यस्तै, बाँकेका डा. मोहिउद्दिन किदवाई र चितवनका डा.राजन पाण्डेलाई मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय प्रदान गरिएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव डा.विकास देवकोटालाई प्रदेश सेवा समर्पण पदक प्रथम प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सेवा समर्पण पदक द्वितीय ९ जनालाई, प्रदेश सेवा समर्पण पदक तृतीय एक जनालाई, उजिरसिंह दीप पदक द्वितीय ४ जनालाई र उजिरसिंह दीप पदक तृतीय चार जनालाई प्रदान गरेको छ ।

समाजसेवा श्री पदक द्वितीयबाट ६ जना र समाजसेवा श्री पदक तृतीयबाट एक जनालाई विभूषित गरेको छ । प्रदेश रत्न पदक प्रथम दुई जनालाई, प्रदेश रत्न पदक द्वितीय १२ जनालाई, प्रदेश रत्न पदक तृतीय ६ जनालाई प्रदान गरिएको छ । 

मन्त्री शर्माका अनुसार प्रजापति गौतम पदक द्वितीय र तृतीयबाट एक/एक जना, दंगिशरण बलिहाङ पदक द्वितीयबाट एक जना तथा दंगिशरण बलिहाङ पदक तृतीयबाट ४ जना गरी ६१ जनालाई विभूषित गर्ने गरी नाम घोषणा गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप