बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको उपाधि

सोमबार, ०३ असोज २०७९, १४ : ००
सोमबार, ०३ असोज २०७९

‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन् । फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन् । पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप–शिर्षक समेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस समेत बनिन् ।

प्रतियोगीतामा मिस्टर तर्फ सुजल संग्रौला फष्टरनर अप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिस तर्फ दीक्षा उपाध्याय फष्ट रनर अप र बिदिसा श्रेष्ठले थड रनरअपको उपाधि हात पारिन् । 
१६ देखी २१ वर्षसम्मका एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फुर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्दत पु¥याउने उद्देश्यले आयोजित प्रतियोगीताको निर्णायकमा पुर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्या प्रभा झा थिए ।

प्रतियोगिताका शीर्ष विजेताले १० अक्टोबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द ब्रिटिस कलेजबाट अध्ययनका लागि सतप्रतिसत छात्रवृत्ति, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गरेका छन् ।

त्यस्तै फर्स्ट रनरअप तथा सेकेण्ड रनर अपले ब्रिटिस कलेजबाट पचास प्रतिसत छात्रबृती तथा सहभागीले  पहिलो बर्ष अध्ययनका लागि २५ प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।  
‘मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपाल’ युवायुवतीको  विकासमा ठूलो मद्दत पु¥याउने अपेक्षा सहित आफुले प्रतियोगिता आयोजना गरिएको फेलिज इन्टरनेशनलका निर्देशक तथा टप मोडल अफ युनिभर्सका कन्ट्रि डाइरेक्टर साहिल खानले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप