बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दीपाको नयाँ गीत ‘भन कति माया गछौँ मलाई’ सार्वजनिक

सोमबार, ०३ असोज २०७९, १३ : ५८
सोमबार, ०३ असोज २०७९

गायिका दीपा लामाको नयाँ गीत ‘भन कति माया गर्छाै मलाई’ सार्वजनिक भएको छ । गीतमा गायिका लामालाई उत्तमजंग लिम्बुले स्वरमा साथ दिएका छन् । गीतको भिडियोमा पदम गुरुङ र रिया पुन गुरुङको प्रेम र रोमान्स देखाइएको छ । भिडियो कुशल श्रेष्ठले निर्देशन गरेका हुन् ।

निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतका शब्द बिनोद गुरुङ र संगीत उत्तमजंग लिम्बुको छ । सञ्जय शाहको एरेन्ज रहेको गीतको भिडियोमा दीपिका श्रेष्ठको कोरियोग्राफी छ । भिडियोको छायांकन गहेन्द्र शाक्यले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप