बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

राजनीतिक दललाई कति लाग्छ समानुपातिक बन्दसूचीको धरौटी ?

सोमबार, ०३ असोज २०७९, १७ : ००
सोमबार, ०३ असोज २०७९

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुरू भएको कार्यक्रम अन्तर्गत निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्द सूची दर्ता गरिरहेको छ । असोज १ र २ गते समानुपातिक बन्द सूची पेश गर्ने कार्यक्रम अन्तर्गत पहिलो दिन ६ दलले बन्द सूची पेश गरेका छन् भने दोश्रो दिन बाँकी रहेका दलहरूले बन्द सूची पेश गरिरहेका छन् ।

 आयोगले उम्मेदवारको बन्द सूची दर्ताका लागि संघ र प्रदेशसभाका लागि छुट्टाछुट्टै धरौटी रकम तोकेको छ । प्रतिनिधिसभा समानुपातिक तर्फका उमेदवारको बन्द सूचीका लागि ५० हजार रूपैयाँ र प्रत्येक प्रदेशका लागि २५ हजारका दरले धरौटी रकम तोकिएको छ । संघ र सबै प्रदेशका लागि उमेदवारको बन्द सूची बुझाउने दलले कूल २ लाख २५ हजार रूपैयाँ धरौटी बुझाउनुपर्ने हुन्छ ।

निर्वाचनमा प्राप्त मतको थ्रेस होल्ड कट्यो भने दलले धरौटी रकम फिर्ता पाउँछन् अन्यथा जफत हुने व्यवस्था रहेको छ ।  थ्रेस होल्ड कटाउन संघमा कम्तिमा  ३ प्रतिशत मत पाउनुपर्छ भने प्रदेशमा १.५ प्रतिशत मत पाउनुपर्छ ।  प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने उदेश्यले निर्वाचन आयोगमा ७६ दल दर्ता भएका छन् भने समानुपातिक प्रणालीमा भाग लिन ७६ दलमध्ये ६८ दलको निवेदन दर्ता भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप