बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सुनको गहना चोरेको आरोपमा इटहरीबाट ३ जना पक्राउ

सोमबार, ०३ असोज २०७९, २३ : १०
सोमबार, ०३ असोज २०७९

सुनको गहना चोरेको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक घर भएका अरुण राना मगर, बृखमान राई र भुपेन्द्र बिक छन् ।

उनीहरुमाथि जेठ २ मा इटहरी उपमहानगरपलिका–८ स्थित प्रविशा कार्कीको घरबाट सुनको गहना चोरेको आरोप छ । अरुण रानामगरले गहना चोरेर वृखमान राईलाई बिक्री गरेको अनुसन्धानबाट थाहा भएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर भीमबहादुर खड्काले रातोपाटीलाई बताए ।

इन्स्पेक्टर खड्काका अनुसार बृखमानले सो गहना भुपेन्द्र विकलाई बेचेको स्वीकार गरेका छन् । आरोपीहरुमाथि चोरी मुद्दामा म्याद लिएर इलाका प्रहरी कार्यालय इटहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप