आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसले तीन बजे समानुपातिक सूची बुझाउने, ‘लिस्ट’ फाइनल गर्दै

सोमबार, ०३ असोज २०७९, १२ : ४४
सोमबार, ०३ असोज २०७९

नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची दिउँसो तीन बजे निर्वाचन आयोगमा बुझाउने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले दिउँसो ३ बजेसम्म उम्मेदवारको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा बुझाइने बताए । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको सूची बनाइरहेको छ ।

प्रदेशगत रुपमा बालुवाटारभित्र सातवटा ठाउँमा उम्मेदवारको सूची बनाउने काम भइरहेको उनको भनाइ छ । कांग्रेस संसदीय समितिका सदस्य, आमन्त्रित रुपमा पूर्व पदाधिकारी र केन्द्रीय सदस्य शेखर कोइराला, बालकृष्ण खाण र ज्ञानेन्द्रबहादुर कार्कीलाई छलफलमा सहभागी गराइएको छ ।

उनीहरु आ–आफ्नो गृह प्रदेशका समानुपातिक उम्मेदवारको सूची बनाइरहेका छन् । मधेस प्रदेशबाट विमलेन्द्र निधि, फरमुल्लाह मन्सुर, आनन्द ढुंगाना लगायतका शीर्ष नेताको नाम समानुपातिक उम्मेदवारको सूचीमा राखिएको छ ।
अन्य प्रदेशमा शीर्ष नेताहरुले अहिलेसम्म समानुपातिकमा बस्ने इच्छा नदेखाएको पाइएको छ । तर उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाउन जाने समयसम्म केही शीर्ष नेता पनि समानुपातिक उम्मेदवार हुने सम्भावना रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप