पाल्पाको रामपुर नगरपालिकामा अवैध संरचना भत्काइने
पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना हटाइने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने नगरपालिकाले जनाएको छ ।
नगरकार्यपालिकाको बैठकले जबरजस्ती कब्जा गरेका जग्गा फिर्ता गरेर संरक्षण गर्ने निर्णय गरेको । नगरभित्र अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोध गर्दै नगरपालिकाले पूर्वसूचनालाई अटेर गरिएमा नियम र कानुनको पालना गरेर त्यस्ता संरचना हटाइने चेतावनीसमेत दिएको छ ।
नगरप्रमुख रमणबहादुर थापाले रामपुर नगरपालिकालाई सफा, सुन्दर र स्वच्छ नगरपालिका बनाउने सङ्कल्प लिएको बताए । नियम र कानुनभन्दा बाहिर कोही जान नसक्ने भन्दै उनले व्यक्ति आफै सचेत भएर नियम विपरीत बनाइएका संरचना हटाउन सहयोग गर्र्नुपर्ने बताए । यस कार्यमा कसैले अटेर गरे कानुनी प्रक्रियाअनुसार हटाइने नगरपालिकाले प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान