आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

किन गए प्रचण्ड र जनार्दन सोलुखुम्बु ?

सोमबार, ०३ असोज २०७९, १२ : ०७
सोमबार, ०३ असोज २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्थ मन्त्री एवम् उपमहासचिव जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन् । सोमबार बिहान प्रचण्ड र अर्थ मन्त्री शर्मा सहितका नेताहरु सोलुखुम्बुतिर लागेका हुन् । प्रदेश नम्बर एकका इन्चार्ज एवम् पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायत प्रदेशका नेताहरु समेत सोलुखुम्बु पुगेका छन् । 

पार्टी पदाधिकारी बैठक स्थगित गरेर प्रचण्ड सोलुखुम्बुका भवन उद्घाटन लगायत विविध कार्यक्रम राखिएको प्रदेश अध्यक्ष नेम्वाङले बताए । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन ५० शय्याको सामुदायिक अस्पताल र इन्जिनियरिङ कलेजको समेत उद्घाटन कार्यक्रम राखिएको नेम्वाङले बताए । अरु पार्टी प्रवेश र भेला समेत राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप