शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टुकुचा अतिक्रमण भएको ठाउँमा फेरि चल्यो महानगरको डोजर

सोमबार, ०३ असोज २०७९, १२ : ०५
सोमबार, ०३ असोज २०७९

राजधानीको टुकुचा खोला अतिक्रमण भएको क्षेत्रमा सोमबार काठमाडौं महानगरले डोजर चलाएको छ । केही दिनअघि जयनेपाल सिनेमा हल परिसरमा महानगरले डोजर चलाएर भूमिगत अवस्थामा रहेको टुकुचा खोला फेला पारेको थियो ।

सोमबार महानगरको टोलीले टुकुचा खोला अतिक्रमण गरी निर्माण भएका संरचना भत्काउन डोजर चलाएको हो । सो क्षेत्रमा ५८१ कित्ता जग्गामध्ये अधिकांशमा बनेका भौतिक संरचनाले टुकुचा अतिक्रमण गरेको महानगरको भनाइ छ । महानगरले टुकुचालाई अतिक्रमण मुक्त बनाएर खुला तुल्याएपछि सो क्षेत्रमा फुटपाथ र साइकल लेन बनाउने तयारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप