संविधान दिवसमा सरकारले गर्यो ४८ कलाकर्मीलाई विभूषित, को–को परे ?
नेपाल सरकारले संविधान दिवसको दिन विभिन्न पदकबाट कलाकारलाई समेत विभूषित गरेको छ । सरकारले नेपालको कलाक्षेत्र फिल्म, गीत संगीत, नाटक लगायत बिभिन्न विधाबाट गरेर ५८ कलाकर्मीलाई आज विभूषित गरेको हो ।
कुन कुन कलाकार भए विभूषित ?
कलाकार नीर शाह, राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, नन्दकृष्ण जोशीले कीर्तिमय राष्ट्रदीप, शम्भु राई, प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, दीपकराज गिरी, आलोकश्री, दीपक जंगम, आनन्द कार्की, अर्जुन श्रेष्ठ, ज्ञानु राणाले सुप्रवल जनसेवाश्री पाए ।
त्यस्तै मिलन मोक्तान, गीतकार डा.धर्मराज उपाध्याय, सीताराम पोखरेल, जीतबहादुर देउजा, निर्मल शर्मा, निरुता सिंह, नगेनसिंह ठकुरी, चेतन सापकोटा, भोजराज भट्ट, दयाहाङ राई, सत्यकला राईले प्रवल जनसेवाश्री प्राप्त गर्दा सुनिता दुलाल, बद्री पाण्डे, प्रदीप खड्का, कमल सुनार, सन्तोष श्रेष्ठ, दीपक शर्मा, माधवराज खरेल, शिवराम विक, रमेश कोइराला, सनम कठायत, कुमार बस्नेत बिक्रान्त, भुपेन्द्र थापा, मनोहर सुनाम थापा, दिल्लीनारायण पाण्डे, सुरेशकुमार नेपाल परियार, सानु कान्छा शाहीले जनसेवाश्री प्राप्त गरे । सानुकान्छा शाही (बिक्रम) प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर विक, नविन पौडेल किरण गजमेरले पनि पदक पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रवासबाट कसले कति पाए मत ?
-
कृषि क्षेत्रका लागि कसरी ‘सञ्जीवनी बुटी’ बन्यो सहकारी ?
-
रास्वपाकाे पदाधिकारीमा काे–काे भए निर्वाचित ? (मतसहित)
-
रास्वपाकाे सहमहामन्त्रीमा काे–काे भए निर्वाचित ? (सूचीसहित)
-
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
-
मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण