शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जीवनदर्शन : यस्ता छन् प्राणायामका शारीरिक फाइदा

सोमबार, ०३ असोज २०७९, ११ : ३०
सोमबार, ०३ असोज २०७९

प्राणायाम भनेको प्राणको गतिलाई रोक्नु हो, व्यवस्थित गर्नु हो । प्राण भन्नाले वायु भन्ने बुझिन्छ । हामीले जुन सास लिन्छौँ त्यसलाई स्थूल वायु भनिन्छ, जसलाई प्राणवायुको बाहिरीरूप भन्न पनि सकिन्छ । यही स्थूल वायुलाई व्यवस्थित गरी सूक्ष्म प्राणवायुलाई नियमित गर्ने प्रक्रियाको नाम नै प्राणायाम हो । प्राणायाम शब्द प्राण र आयाम दुईवटा शब्द मिलेर बनेको छ । यसमा प्राणको अर्थ सूक्ष्म प्राणवायु भन्ने हुन्छ । आयामको अर्थ दीर्घ अर्थात् विशालता भन्ने हुन्छ । यस अनुसार भन्नुपर्दा प्राणायाम भन्नाले प्राणशक्तिलाई दीर्घ र विशाल बनाउनु अर्थात् प्राणशक्तिको क्षमता विस्तार गर्नु वा वृद्धि गर्नु हो भन्ने बुझिन्छ ।

योगाचार्यहरूका अनुसार प्राणायामका अनेक भेद छन्, जस्तै चन्द्र प्राणायाम, सूर्य प्राणायाम, सूर्यभेदन प्राणायाम, शीतली प्राणायाम, भस्त्रिका प्राणायाम आदि । यिनै नाममध्ये एसटा नाम अनुलोम विलोम पनि हो, जसमा पूरक, कुम्भक र रेचक क्रिया पूरा हुन्छन् वा गर्नुपर्छ । नाकको प्वालबाट सास पेटभित्र तान्ने क्रियालार्ई पूरक भनिन्छ । पेटभित्र सास रोकेर राख्ने क्रियालाई कुम्भक र बाहिर फाल्ने क्रियालाई रेचक भनिन्छ ।

प्राणायामका फाइदा अनेक छन् । तथापि मोटामोटीरूपमा भन्नुपर्दा प्राणायामबाट वीर्य, ओज र तेज वृद्धि हुन्छ । यसले शरीर हल्का तथा मन प्रशन्न र स्थिर राख्न सहयोग पु¥याउँछ । जस्तोसुकै होहल्लामा पनि मानसिक सन्तुलन कायम राख्न सहयोग पुग्छ । जस्तोसुकै विपत्तिमा पनि मनलाई हडबड हुन दिँदैन । सङ्कल्पशक्ति दृढ र मजबुत बन्दै जान्छ । स्मरणशक्ति तीक्ष्ण भएर आउँछ । प्रतिभाशक्ति वृद्धि हुन्छ । अनुहारमा चमक बढेर सौन्दर्य वृद्धि हुन्छ ।

मनमा सङ्कल्पशक्ति, बुद्धिमा विचारशक्ति, चित्तमा चेतनशक्ति विकसित हुन्छ । व्यक्तिमा तर्क वितर्क गर्ने क्षमता विकास हुन्छ । सुझबुझका साथ व्यवस्थित तरिकाले जीवनयापन गर्ने कलाको विकास हुन्छ । व्यक्तिको सैद्धान्तिक पक्ष र व्यावहारिक पक्ष दुवै विकास हुन्छ ।

प्राणायाम गर्दा सम्पन्न हुने पूरक प्रक्रियाले शरीरमा शुद्ध र नयाँ विचार गराउन सयोग पु¥याँछ भने रेचक गर्दा मन भित्रका विषाक्त भावना बाहिर निस्केर जान्छ । यसैगरी कुम्भक गर्दा शुद्ध चेतनाशक्तिलाई भित्रै धारण गर्ने क्षमता विकास हुन्छ, जसले गर्दा मन निर्मल हुन पुगी कलुषित भावनाले स्थान पाउँदैन । 

यसको अर्थ प्राणायामको फाइदा यति नै हो भन्ने होइन । यसका अनगिन्ती फाइदा छन्, जसलाई खासगरी शारीरिक, मानसिक र आध्यात्मिक गरी तीन किसिमले वर्गीकरण गर्न सकिन्छ । यिनै फाइदामध्ये शारीरक फाइदाका बारेमा तल एउटा भिडियोको लिङ्क प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप