बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यो संविधान मान्दिनँ म

सोमबार, ०३ असोज २०७९, ११ : १५
सोमबार, ०३ असोज २०७९

  जनतालाई न्याय नदिने 
तिम्रो संविधान जलाए हुन्छ  
कृष्ण र राधाको प्रेमलीला 
भनेर नथाक्ने समाजमा,
नवराज बिकहरु मारिइ रहँदा 
न्याय मार्ने, तिम्रो संविधान 
स्कुलको छाना चुहिरहँदा 
बेवास्ता गर्दै,
कुलायनको थान बनाउन बजेट पार्ने 
तिम्रो संविधान जलाए हुन्छ 
क्रान्ति र आन्दोलनको नाममा 
चन्दा उठाएर
आफै झ्वाम पार्नेहरु 
मेयर बनाउने तिम्रो संविधान
सक्षम र इमान्दारीहरूलाई पाखा लगाउँदै, 
ठेकेदार र दलालीहरूले मन्त्रालय चलाउने 
तिम्रो संविधान जलाए हुन्छ । 
जनतालाई न्याय नदिने 
संविधान जलाए हुन्छ।
समाज बदल्छु भन्नेहरू, 
आफै बदलिए आज
निष्ठाको राजनीति गर्नेहरू, 
स्वार्थमा रूमम्लिए आज
खै के दियो तिम्रो संविधानले ?
युवाको हातमा पासपोर्ट दियो,
अचेल गाउँ सुनसान छ
गरिबका झुपडीहरुमा रमाउने ऊ, 
खै कता हरायो, अचेल गुमनाम छ 
गाउँ नै रित्ताउने 
तिम्रो संविधान जलाए हुन्छ,
जनतालाई न्याय नदिने 
संविधान जलाए हुन्छ । 
गोरखा, हालः अमेरिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप