बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकर्सद्वय ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदक

सोमबार, ०३ असोज २०७९, १० : ५३
सोमबार, ०३ असोज २०७९

७ औं संविधान दिवसको अवसरमा सरकारले बैंकर्सद्वय नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबी बैंकका सीइओ सुनिल केसीलाई विभूषित गरेको छ । सरकारले ढुंगाना र केसीलाई प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गरेको हो । 

सीइओ ढुंगाना वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको पूर्वअध्यक्ष हुन् भने सीईओ केसी संघको वर्तमान कार्यसमिति उपाध्यक्ष हुन् । सोही अवसरमा सरकारले अर्का बैंकर्स शिक्षा भट्टचनलाई विकास रत्न विभूषले सम्मान गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप