संघ-प्रदेशको निर्वाचनमा ४० प्रतिशत युवा उठाउन राष्ट्रिय युवा परिषद्को आग्रह
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कुल उम्मेदवार मध्ये कम्तिमा ४० प्रतिशत उम्मेदवार युवालाई वनाउन विभिन्न राजनीतिक दल तथा अन्य सम्वद्ध निकायलाई आग्रह गरेका छन् ।
नेपालमा युवाको जनसंख्या ४०.३५ प्रतिशत रहेको भन्दै बस्नेतले भनेका छन् -' आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार वनाउन सवै राजनीतिक दल र अन्य सम्वद्ध निकायलाई विशेष अपिल गर्दछौं ।'
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ४१.१४ प्रतिशत ४० वर्षमुनिका युवा निर्वाचित हुनुलाई परिषदले निकै स्वागतयोग्य र सकारात्मक कदमको रुपमा लिएको कार्यकारी उपाध्यक्ष बस्नेतले बताएका छन् ।
संविधान दिवसको अवसरमा परिषदको तर्फबाट विज्ञप्ति जारी गर्दै बस्नेतले भनेका छन् - ' जनसंख्याको ४०.३५ प्रतिशत युवा जनसंख्या रहेको समय जनसांख्यिक लाभांशको समय हो । यसको भरपूर सदुपयोग गर्नका निमित्त एकातिर हामीले राष्ट्रिय जीवनका हरेक क्षेत्रमा युवा परिचालन , सहभागिता र नेतृत्व विकासमा जोड दिनुपर्दछ भने अर्कोतिर युवालाई रोजगारी , उद्यमशीलता र सीप विकासमा जोड्नुपर्दछ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक—निजी साझेदारीमा पहिलो पटक प्रशारण लाइन निर्माणको सुरुवात
-
सहकारी सुधार प्रयासबारे युवराज खतिवडाका तीन ‘अब्जेक्सन’
-
दलित सशक्तीकरण विधेयक छिट्टै पास गर्ने मुख्यमन्त्री कँडेलको प्रतिबद्धता
-
बझाङको धामेना केन्द्रविन्दु भएर भूकम्प
-
संगठन विभागमा बेदुराम, प्रकाशको भागमा प्रचार
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न