सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

माओवादी बैठक २ बजेका लागि सर्‍यो

सोमबार, ०३ असोज २०७९, १० : २५
सोमबार, ०३ असोज २०७९

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक दिउँसो २ बजेका लागि सरेको छ । समानुपातिक सूची तयार गर्न सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको  बैठक दिउँसो २ बजेका लागि सरेको हो । 
समानुपातिक सूची तयारीका लागि गृहकार्य नपुगेकाले दिउँसो २ बजेका लागि बैठक सारिएको एक नेताले बताए । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको समानुपातिक सूची बुझाउन आज अन्तिम दिन दिएको छ । 

समानुपातिक सूची तयार गर्न महासचिव देव गुरुङको संयोजकत्वमा चार सदस्यीय कार्यदल बनाएको छ । जसको सदस्यमा शक्तिबहादुर बस्नेत, मातृकाप्रसाद यादव र गिरिराजमणि पोखरेल छन् । कार्यदलले समानुपातिक सूचीका विषयमा पर्याप्त गृहकार्य गरेपछि पार्टी पदाधिकारी बैठकमा छलफल भई निर्णय हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप