मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि किन अतुलनीय छ ?

सोमबार, ०३ असोज २०७९, ०९ : २१
सोमबार, ०३ असोज २०७९

दुई हजार अतिथि, ५०० विदेशी विशिष्ट व्यक्ति, ४००० भन्दा बढी कर्मचारी र सम्भवतः विश्वभरि हेरिरहेका अरबौँ मानिस ।

सोमबार हुने महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्येष्टि २१ औं शताब्दीको यस्तो घटना हुनेछ, जसको तुलना गर्न सकिँदैन ।

मार्मिक औपचारिकता र दुस्खद वातावरणको बीचमा, अबको केही घण्टामा हालैको इतिहासमा विश्वभरीका नेता र प्रतिष्ठित व्यक्तिहरूको सबैभन्दा ठूलो भेला हुनेछ ।

लण्डनमा संसारभरका राजा, राजकुमार–राजकुमारी, राष्ट्रपति, प्रधानमन्त्रीहरू भेला भएका छन् । उनीहरू सबै वेस्टमिन्स्टर एबेमा हुने महारानीको अन्त्येष्टिमा सहभागी हुनेछन् ।

यो आयोजना रानीको निधनपछि हुन लागेको महत्वपूर्ण अविस्मरणीय आयोजना हो । यो एक महिलाका लागि विश्वव्यापी श्रद्धाञ्जली हो जो यति लामो समयसम्म विश्वको सबैभन्दा चर्चित र चिनिन योग्य नेता थिइन् ।

एक वरिष्ठ कूटनीतिज्ञले स्तम्भकारलाई भने, ‘सबैजना रानीको अन्त्येष्टिमा भाग लिन चाहन्छन् किनभने उनी सबैका लागि एक परिवार थिइन् । मानिसहरूले उनीसँग जोडिएको महसुस गर्छन् । यो एक पारिवारिक अन्तिम संस्कार हो ।’

यद्यपि, अन्त्येष्टिमा भाग लिन आउने धेरै राजनीतिज्ञहरूउनीहरूको लागि यसले के अर्थ राख्छ भन्ने कुरामा पनि केन्द्रीत छन् ।

एक कूटनीतिज्ञले स्तम्भकारलाई भने, ‘यो शताब्दीको सबैभन्दा ठूलो अन्त्येष्टि हो । विश्वका हरेक नेताहरू यो आयोजनालाई हेर्न चाहन्छन् र यसमा देखिन चाहन्छन् । जो नेता यहाँ हुने छैनन् वा यहाँ देखिने छैनन् उनीहरु हाम्रो पालाको सबैभन्दा ठूलो ‘फाटो–अप’ को मौका गुमाउनेछन् ।’

मैले बेला–बेला समारोहका बेला शाही परिवारका लागि आउने महानुभावमाथि हुने असर देखेको छु ।

मानिसहरु सधैँ उनीहरुसँग देखिन उत्साहित रहन्छन्, कतिपटक त भागदौडको स्थिति पनि हुने गर्छ । हरेक महारानीसँग तस्बिर खिचाउन चाहन्छछन् । मैले प्रधानमन्त्रीलाई महारानी नजिक जानका लागि एक अर्कालाई कुहिना ठोकेको पनि देखेको छु ।

तर यो विश्वका लागि र विश्व नेताहरूका लागि एकअर्कासँग नजिक हुने अवसर पनि हो । यहाँ विश्वका ठूला नेताहरूले कति मेकअप गरेका छन् वा एयरपोर्टमा पार्क गरिएको विमान सबैभन्दा विलासी छ कि छैन भनेर मात्रै देखिँदैन, यो एक अर्कासँग कुरा गर्ने मौका पनि हुनेछ । कुटनीतिज्ञ बेरोनेस एमोस भन्छन्, ‘त्यहाँ सानातिना कुराकानी हुनुहुनेछ ।’ उनका अनुसार महारानी आफैँ पनि यी साना–तिना कुराकानीलाई ठूलो प्रभावका साथ औपचारिक समारोहमा प्रयोग गर्थिन् ।

सोमबार बिहान वेस्टमिन्स्टर एबेका लागि जाने बसमा (हो, यसमा प्रधानमन्त्री र राष्ट्रपति बसेका हुनेछन्) वा त्यसपछि आइतबार किङको रिसेप्सनमा हुने समारोहमा यस्ता कुराकानी हुनसक्छन् ।

भावुक अन्तिम संस्कारको समापनपछि यस्तो मौका आउन सक्छ । यो चाहे जुनसुकै बेला होस् राजनेता र कुटनीतिज्ञ सधैँ शान्तिसँग कुराकानी गर्न, नयाँ व्यक्तिगत सम्बन्ध बनाउन वा आफ्नो चिन्ता व्यक्त गर्ने मौकाको खोजीमा रहन्छन् ।

अन्तिम संस्कारमा समावेश हुने पाहुनाको सूचीले पनि २०२२ को राजनीति र सत्तालाई नै प्रदर्शित गर्छ ।  केही सिमित देश मात्रै यसबाट बाहिरिएका छन् । युक्रेन युद्धका कारण रुस र बेलारुसलाई निम्तो दिइएको छैन ।

यसबाहेक सिरिया, म्यानमार, अफगानिस्तान र भेनेजुएला अतिथि सूचीमा अटेका छैनन् । पठाइएका निमन्त्रणामा केही देशसँगको चिसो सम्बन्ध पनि देखिन्छ । उदाहरणका लागि, उत्तर कोरियाको नेताको सट्टा, राजदूत बोलाइएको छ ।

अब गत हप्ताको कोलाहल पछि, हामीलाई यो पनि थाहा छ भयो कि चिनियाँ नेताहरूलाई पनि अन्त्येष्टिमा आमन्त्रित गरिएको छ । यद्यपि केही सांसदहरूले चिनियाँ प्रतिनिधिमण्डललाई वेस्टमिन्स्टर एबेमा स्वागत नगर्ने भनेर जानकारी दिइएको बताएका छन् ।

निमन्त्रणाको छनोट, कार्यक्रमको कोरियोग्राफी र बस्ने व्यवस्थाले पनि महत्वपूर्ण निर्णयहरू आफैंमा महत्वपूर्ण निर्णयको प्रतिक हुनेछ ।

एक राजदूतले भने, ‘आयोजनाले सामान्यतया कूटनीतिक गतिविधिको लागि धेरै अवसरहरू प्रदान गर्दैन ।’

यहाँ आएका विश्वका नेताहरूको मुख्य उद्देश्य रानीलाई सम्मान गर्नु हो ।

महारानी एलिजाबेथको शासनकाल र कूटनीतिज्ञको रूपमा उनको व्यक्तित्वको स्तर अतुलनीय थियो र आज हुने उनको अन्त्येष्टि पनि त्यस्तै भव्य र अतुलनीय हुनेछ ।

लरा क्विन्सवर्ग / बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप