संविधान दिवसमा को–को व्यवसायी भए विभूषित ?

नेपाल सरकारले संविधान दिवसको दिन १६ व्यवसायीलाई विभिन्न पदकबाट विभूषित गरेको छ । सरकारले नेपालको उद्योग व्यवसायमा योगदान दिएका उद्योगी व्यवसायीलाई आज विभूषित गरेको हो । सरकारले स्वर्गीय उद्योगी/व्यवसायी प्रभाकर शमशेर जबरालाई प्रसिद्ध प्रबल जनसेनानीबाट विभूषित गरेको छ । यस्तै, व्यवसायी चन्द्र ढकाल र उद्योगी पशुपति मुरारकालाई सुर्कीर्तिमय राष्ट्रदीप पदकबाट विभूषित गरेको छ ।
यसका साथै, व्यवसायीहरू कुशकुमार जोशी, कुशुम लामा, शशिधर शर्मा, अरुणकुमार केसी, जगदीशप्रसाद अग्रवाल र राजेशकुमार अग्रवाल सुप्रबल जनसेवाश्री पदबाट विभूषित भएका छन् । यस्तै, पर्यटन व्यवसायीहरू राम थापा र रामबहादुर कोइरी समेत यही पदकबाट विभूषित भएका छन् । मुरलीधर रंगटा, श्रेणिगोपाल मुन्दडा, मेरियादेल पिलार, जोसे म्यानुयल भिलानोभा र होटल व्यवसायी सृजना राणा समेत यही पदकबाट विभूषित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?
-
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा
-
‘अभिमन्यु’को मुख्य कलाकारमा कामेश्वर पनि