किर्गिजस्तान–ताजिकिस्तान सीमा झडपमा कम्तिमा ९४ जनाको मृत्यु
सोमबार, ०३ असोज २०७९, ०६ : ४७
किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु भएको छ । दुई मध्य एसियाली राज्यहरू बीच वर्षौपछि भएको खराब झडपमा उनीहरुको मृत्यु भएको हो । सीमा विवादलाई लिएर दुई भूतपूर्व सोभियत गणतन्त्रबीच नियमित रूपमा झडपहरू भइरहेका छन् रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशलाई आफ्ना मतभेद शान्तिपूर्ण रूपमा समाधान गर्न अपिल गरेका छन् ।
ताजिकिस्तान र किर्गिजस्तानबीचको सीमामा रहेको १ हजार किलोमिटर भूभागमध्ये एक तिहाइ विवादित छ । गत वर्ष दुई देशबीच सीमामा भएको विवादमा करिब ५० जनाको मृत्यु भएको थियो ।
ताजिकिस्तानले आफ्ना ३५ नागरिकको मृत्यु भएको र कम्तीमा २० जना घाइते भएको बताएको छ। अन्तर्राष्ट्रिय दबाबबीच शुक्रबार दुवै पक्षले युद्धविराममा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन