आज संविधान दिवस, सार्वजनिक बिदा पनि
आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रतिनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए ।
आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।
दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ ।
समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।
दिवसका अवसरमा आज सरकारले मुलुकभर सार्वजनिक बिदा पनि दिएको छ ।
संघीयतापछि पहिलो निर्वाचन २०७४ मा भएको थियो । पहिलो संसदको कार्यकाल पनि शनिबार मध्यराति सकिसकेको छ । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पनि हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनले गर्यो गाजामा ५ वटा एयरड्रप सहायता प्रदान
-
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
-
२ महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक ८ लाख घाटा
-
विदेशीहरूसँग भेट्दा कूटनीतिक आचारसंहिताको पालना गरौँ : मन्त्री श्रेष्ठ
-
हिरासत छल्नबाट रोक्न गृह मन्त्रालयको ३ बुँदे निर्देशन
-
सवारी ‘लाइसेन्स’ मा उठेका प्रश्नहरू समाधान गर्नुस् : प्रधानमन्त्री