हाम्रो कमजोर धरातल किन भयो दलहरुले नै समीक्षा गर्नु जरूरी : अध्यक्ष रेग्मी

मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले राजनीतिलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इमान्दारिता, कर्मशीलता, त्याग र सेवाभाव भएका सक्षम व्यक्तिको मापदण्ड बनाई उम्मेदवार छनौट सुझाव दिएका छन् । आठौँ संविधान दिवसका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले मतदातालाई पनि उपयुक्त पात्रको छनौट गर्ने नागरिक कर्तव्यबाट नचुक्न सल्लाह दिएका हुन् ।
सन्देशमा पूर्वप्रधानन्यायाधीश रेग्मीले भनेका छन्, “आज संविधान आठौँ वर्षमा प्रवेश गर्दै गर्दा तीनै तहको पाँचवर्षे कार्यकालको एक चरण पूरा भई अर्को चरणको निर्वाचनको मुखैमा आइपुगेका छौँ । अहिले हाम्रो कमजोर धरातल किन भयो दलहरुले नै समीक्षा गर्नु जरूरी छ ।”
उनले अब निर्वाचनपश्चात् पनि उस्तै स्थिति रह्यो र देशले अग्रगमन, सुशासन र समृद्धिको सही मार्ग पहिल्याउँदै अघि बढ्न सकेन भने जनताको निराशा र आक्रोशलाई कसरी चित्त बुझाउन सकिएला भनी प्रश्न गर्दै त्यसतर्फ अहिलेदेखि नै सोच्न जरूरी रहेको उल्लेख गरेका छन्।
अध्यक्ष रेग्मीले सन्देशमा भनेका छन्, “संविधान दिवस मनाउनुको सार्थकता संविधान अनुकूलको आचरण, कार्यान्वयन र स्थायित्वमै रहन्छ । यस दिवसले हामी सबैलाई संविधानले निर्दिष्ट गरेको गन्तव्यमा समर्पित हुन अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?
-
बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण
-
गोप्य सूचना चुहाएपछि मेटामा २० जना कर्मचारी बर्खास्त
-
अष्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ आयोजना हुने
-
बलात्कार आरोपमा युवक पक्राउ