मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रसाईंको बालगीत ‘पढौँ–पढौँ हामी साना नानी’ सार्वजनिक

आइतबार, ०२ असोज २०७९, २२ : ४७
आइतबार, ०२ असोज २०७९

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रमेश प्रसाईको शब्द सिर्जनामा ‘पढौँ–पढौँ हामी साना नानी...’ बोलको बालगीत सार्वजनिक गरिएको छ । गायिका श्रेया राईको स्वर र कर्णराज राईको संगीतमा सो बालगीत सार्वजनिक गरिएको हो । 

गीतमा बालबालिकाले विद्यालयमा पढेर राम्रा राम्रा कुरा सिक्दै देश विकासमा लाग्नुपर्ने सन्देश दिइएको छ । ​ 

बालबाटिका इन्टरनेशनल स्कुलका अध्यक्षसमेत रहेका प्रसाईँले सधैँ बालबालिकासँग निकट हुँदा उत्पन्न भएको भावनालाई आफूले गीतमा उतारेको बताए । 

गीत हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप