शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री कुँवर र राज्यमन्त्री सोडारी बाढी प्रभावित क्षेत्रमा

आइतबार, ०२ असोज २०७९, २१ : ५९
आइतबार, ०२ असोज २०७९

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  शेरबहादुर कुँवर र सुदूरपश्चिम प्रदेश सरकारका अर्थ राज्य मन्त्री  बलबहादुर सोडारीले  कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराएका छन् । 

मृतकका सात परिवारलाई सरकारका तर्फबाट ७ लाख रुपैयाँ उपलव्ध गराइएको छ भने मन्त्री कुँवर र राज्यमन्त्री सोडारीले व्यक्तिगत तर्फबाट २३ जना मृतकका  परिवारलाई १० हजारका दरले २ लाख ३० हजार आर्थिक सहयोग गरेका हुन् । 

राहत वितरण गर्दै मन्त्री शेरबहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने बताए । राहत वितरणअघि श्रममन्त्री कुँवर र राज्यमन्त्री सोडारीसहित अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले बाढीबाट प्रभावित चारवटै स्थानको स्थलगत अवलोकन समेत गरेका थिए । आज थोरै मात्रामा राहत उपलब्ध गराएको र भोलिबाट भने पीडित परिवारको लागि आवस्यकता राहत उपलब्ध गराउने उनले जानकारी दिए । 

कमलबजार नगरपालिका,  तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर  मृत्यु भएका परिवारलाई खाद्यान्नदेखि अन्य आवस्यक सामग्री केन्द्र सरकारबाट सहयोग गरिने उनले बताए ।  शुक्रबार राती आएको अविरल वर्षका कारण ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २३ जनाको मृत्यु भएको थियो  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप