मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

चीन र रुस सुरक्षा र कानून कार्यान्वयनका विषयमा बैठक गर्दै

आइतबार, ०२ असोज २०७९, २१ : ३०
आइतबार, ०२ असोज २०७९

रुसी महासंघको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले चीन–रुस रणनीतिक सुरक्षा परामर्शको १७औँ चरणको बैठकमा भाग लिन चीनको भ्रमणमा जाँदै छन् ।  उनले सो अवसरमा चीन–रुस कानून प्रवर्तन तथा सुरक्षाको सातौं बैठकमा  समेत भाग लिने बताइएको छ ।

सो बैठक सेप्टेम्बर १८  र १९ मा हुनेछ । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक याङ जिएची र राजनीतिक सदस्य गुओ शेङकुनको निमन्त्रणामा पात्रुशेभको सो भ्रमण तय भएको हो।  

कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको ब्यूरो, केन्द्रीय समिति सचिवालयका सदस्य र केन्द्रीय समिता राजनीतिक तथा कानूनी मामिला आयोगका सचिव माओले  सोबारे जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप